Sunday, December 18, 2011

अबैध सम्पत्तिलाई शेयर बजारमा ल्याउन छुट : प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी क्षेत्रमा रहेको अबैध पैसालाई पुँजी बजारमा प्रबेश गराउने बाताबरण बनाउन अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई निर्देशन दिनु भएको छ ।
ठुलो औधोगिक घराना र अरु नीजि क्षेत्रमा ठुलो रकम रहेको भन्ने सुनिएको भन्दै प्रधानमन्त्री भट्टराईले एकपटकलाई छुट दिएर अवैध रुपमा रहेको पैसालाई शेयर बजारमा प्रवेश गराउनुपर्ने बताउनुभयो । अर्थमन्त्रालयको निरिक्षणका लागि मन्त्रालय पुगेका प्रधानमन्त्री भट्टराईले मन्त्रालयको गतिविधीबारे जानकारी लिएपछि कर्मचारीहरुलाई निर्देशन दिदै आफु शेयर बजारको गिरावटले चिन्तित भएको बताउनुभयो । 
मुल्य बजार बढेर ११ सय भन्दा माथी पुग्दा अप्राकृतिक बृिद्ध भनिएपछि अहिले किनै तल पुगिसकेकोले आफु साच्चै चिन्तित भएको उहाँले बताउनुभयो । यस अघि भट्टराई अर्थमन्त्री हुदा पुँजीबजारलाई जुवाको संज्ञा दिदै त्यसलाई अनुत्पादन रहेको बिचार राख्नु भएको थियो । तर अहिले उहाँले शेयर बजार घटेकोले सबैलाई गम्भिर बनाएको बताउनभुयो ।...................................Source: www.unn.com.np

No comments:

Post a Comment